अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले माओवादी ब्युताउँने फैसलाविरुद्ध प्रचण्ड सर्वोच्च अदालतमा

एमाले माओवादी ब्युताउँने फैसलाविरुद्ध प्रचण्ड सर्वोच्च अदालतमा


काठमाडौं– एमाले माओवादी ब्युताउँने फैसलाविरुद्ध पुनरावलोकन निवेदन दिन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सर्वोच्च अदालत जानुभएको छ ।

सर्वोच्च अदालतले नेकपा एकतालाई २०७५ जेठ ३ अघिको अवस्थामा फर्काइदिएपछि फैसलाविरुद्ध नेकपा माओवादी केन्द्रका अध्यक्ष न्यायिक पुनरावलोकनका लागि सर्वोच्च अदालत जानुभएको हो । पुनरावलोकन निवेदन बरिष्ठ अधिवक्ता शम्भु थापा, रामनारायण विडारी, रमन श्रेष्ठ लगायतले तयार पार्नुभएको थियो ।

न्यायिक पुनरावलोकन जानेबारे प्रचण्डले निलम्बित एमाले नेता माधवकुमार नेपाल र भीम रावलसँग सोमबार छलफल गर्नुभएको थियो ।

अदालतले फागुन २३ गते नेकपा कट्टेलको हुने ठहर गर्दै तत्कालिन नेकपा अध्यक्ष केपी शर्मा ओली र प्रचण्डलाई १५ दिनभित्र अर्को नाम लिएर निर्वाचन आयोगमा जान वा आ-आफ्नै पार्टी एमाले र माओवादीमा फर्किन भनेको थियो ।

पुनरावलोकन निवेदन दर्ता गरेपछि अध्यक्ष प्रचण्डले सर्वोच्चले फैसला सच्याउनेमा आशावादी भएको बताउनुभएको छ ।

‘विगतमा पनि टिप्पणी भएपछि सर्वोच्चले पुनरावलोकन गर्ने गरेको छ, हामीलाई विश्वास छ देशको स्थायित्व, शान्ति र समृद्धिका लागि एकताबद्ध भएका दललाई विभाजित गर्ने फैसला सच्याउनेछ,’ उहाँको भनाइ थियो, ‘निवेदनकले नाममात्रै करेक्सन गरोस् भनेर माग गर्नुभएको थियो ।’

प्रचण्डले केही दिनभित्रै सर्वोच्चले पुनरालोकन गर्ने विश्वास व्यक्त गर्नुभयो ।