अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कैलालीको मोहन्याल गाउँपालिकाका अध्यक्षको निधन

कैलालीको मोहन्याल गाउँपालिकाका अध्यक्षको निधन


धनगढी- कैलालीको मोहन्याल गाउँपालिकाका अध्यक्ष नवलसिंह रावलको निधन भएको छ । उहाँको उपचारका क्रममा काठमाडौंको अन्नपूर्ण न्यूरो अस्पतालमा मंगलबार बिहान निधन भएको हो ।

लामो समयदेखि रक्तचापले ग्रसित रावललाई ४ दिनअघि ब्रेन ह्यामब्रेज भएको थियो । अध्यक्ष रावललाई कोहलपुर मेडिकल कलेज हुँदै थप उपचारका लागि काठमाडौं लगिएको थियो ।

रावल नेकपा एमालेबाट गाउँपालिकाका अध्यक्षमा निर्वाचित हुनु भएको थियो ।