अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

साहित्यकार कृष्णप्रकाश श्रेष्ठको निधन

साहित्यकार कृष्णप्रकाश श्रेष्ठको निधन


काठमाडौं- साहित्यकार कृष्णप्रकाश श्रेष्ठको निधन भएको छ । उहाँको ८२ वर्षको उमेरमा गएराति निधन भएको हो । नेपाली र रुसी भाषाभाषीका सेतु मानिने श्रेष्ठ कोभिड–१९ बाट सङ्क्रमित भई मस्कोस्थित एक अस्पतालमा उपचाररत हुनुहुन्थ्यो ।

उहाँका ‘पुस्किनको जिन्सी’ खण्डकाव्यको रचनाका साथै लेर्मोन्तोभ, तुर्गनेभ, तोल्स्तोय, शोलोखोभ, हम्तोभतलगायत विदेशी लेखकका उपन्यास र काव्यहरूको नेपाली भाषामा अनुवाद कृति छन् ।