अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अध्यक्ष रावलको निधनप्रति मन्त्री आलेद्वारा दुःख व्यक्त

अध्यक्ष रावलको निधनप्रति मन्त्री आलेद्वारा दुःख व्यक्त


काठमाडौं- वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले कैलालीको मोहन्याल गाउँपालिकाका अध्यक्ष नवलसिंह रावलको निधनप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ । ७७ वर्षको उमेरमा अध्यक्ष रावलको उपचारका क्रममा काठमाडौंको अन्नपूर्ण न्यूरो अस्पतालमा आज बिहान निधन भएको हो ।

मन्त्री आलेले आजै न्यूरो अस्पतालमा पुगेर मृतक अध्यक्ष रावलका आफन्तसँग भेटसमेत गर्नुका साथै उहाँको शव कैलाली लैजानका लागि ५० हजार रुपैयाँ आर्थिक सहयोगसमेत गर्नु भएको छ ।

लामो समयदेखि उच्च रक्तचापले ग्रसित रावललाई चार दिनअघि मात्रै ‘ब्रेन हेमब्रेज’ भएको थियो ।

उहाँलाई कोहलपुर मेडिकल कलेजमा उपचारपछि थप उपचारका लागि काठमाडौं ल्याएको उहाँका घरपरिवारले जनाएको छ । रावल नेकपा एमालेबाट गाउँपालिकाका अध्यक्षमा निर्वाचित हुनुभएको थियो । नेकपा एमालेको कैलाली जिल्लामा संस्थापक नेतामध्ये रावल एक हुनुहुन्थ्यो ।

उहाँको शव कैलाली लैजाने तयारी भइरहेको छ ।