अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्रीको प्रश्न : के यो देश प्रचण्डको स्वार्थका पछाडि सती जानु पर्ने हो?

प्रधानमन्त्रीको प्रश्न : के यो देश प्रचण्डको स्वार्थका पछाडि सती जानु पर्ने हो?


काठमाडौं- प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो नीहित स्वार्थका लागि केही मान्छेले देशको राजनीति धमिल्याउन खोजिरहेका बताउनुभएको छ ।

मंगलबार राजधानीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले देशको लागि नभई आफ्नो स्वार्थका लागि केही व्यक्ति लागिरहेको बताउनु भएको हो ।

प्रचण्डलाई लक्षित गर्दै प्रधानमन्त्री ओलीलले भन्नुभयो, ‘के यो देश प्रचण्ड भन्ने मान्छेको स्वार्थका पछाडि सती जानु पर्ने हो? मान्छेहरूले भन्ने गर्‍या छन्, लेख्ने गर्‍या छन् । आधा भन्या थ्यो, खोई आधाआधा? अनि त्यो आधाआधा भन्ने कागज प्रचण्डले बिचैमा च्यातेर कार्यकारी चाहियो भनेर पाँच वर्ष तपाई नै हुनस् भन्या होइन?’

साथै, उहाँले सरकार प्रेस स्वतन्त्रताको पक्षमा रहेको बताउनुभयो ।

‘सरकार प्रेस स्वतन्त्रतामा कुनै बन्देज लगाउने, कुनै नियन्त्रण गर्ने अथवा अंकुश लगाउने वा कुनै हिसाबले न्यून गर्ने पक्षमा छदैँछैन र हुँदैन,’ प्रधानमन्त्री ओलीलले भन्नुभयो, ‘सरकारको तर्फबाट सञ्चार क्षेत्रलाई पुर्‍याउनुपर्ने सहयोगको सन्दर्भमा गच्छेले भ्याएसम्म गर्न तयार छौँ ।’