अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

‘साउन १ देखि सामाजिक सुरक्षा भत्ता बढ्छ, छिट्टै आफ्नै रेल सञ्चालन गर्दैछौँ’

‘साउन १ देखि सामाजिक सुरक्षा भत्ता बढ्छ, छिट्टै आफ्नै रेल सञ्चालन गर्दैछौँ’


काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीलले सामाजिक सुरक्षा प्रवन्धको क्षेत्रमा सरकारले तीव्र काम गरिरहेको बताउनुभएको छ ।

मंगलबार रिपोर्ट्स क्लबको वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्नुहुँदै उहाँले भन्नुभयो, ‘योगदानका आधारमा सामाजिक सुरक्षाको काम व्यापक रूपमा भइरहेको छ, अरू सामाजिक सुरक्षाका काम पनि हुनेछन् । साउन १ देखि लागू हुने गरी सामाजिक सुरक्षा भत्ता बढ्छ ।’

प्रधानमन्त्री ओलीले सरकारले सामाजिक सुरक्षा बढाउने घोषणा गरेसँगै विपक्षीहरूलाई निन्द्रासमेत लाग्न छाड्ने बताउनुभयो ।

साथै, उहाँले पूर्व-पश्चिम रेलको छिट्टै शिलान्याश गरिनेसमेत बताउनुभयो । ‘छिट्टै पूर्व-पश्चिम रेलको शिलान्याश पूर्वबाट गर्दैछौँ,’ प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘अब आफ्नै रेल छिट्टै सञ्चालन गर्दैछौँ ।’