अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

रावलको निधनले पार्टीले एउटा योद्दा गुमाएको छ : सांसद राना

रावलको निधनले पार्टीले एउटा योद्दा गुमाएको छ : सांसद राना


काठमाडौं- नेकपा एमालेका सांसद तथा केन्द्रीय सदस्य नारदमुनि रानाले कैलालीको मोहन्याल गाउँपालिका अध्यक्ष नवलसिंह रावलको निधनप्रति दुःख व्यक्त गर्नु भएको छ ।

उहाँले रावलको निधनले पार्टीले एउटा योद्दा गुमाएको बताउनुभएको छ ।

‘अपत्यारिलो तर सत्य, नेकपा (एमाले) का नेता मोहन्याल गाउँपालिकाका प्रमुख नवलसिंह रावल कमरेडको मृत्युको खबरले स्तब्ध भएको छु । कमरेड तपाईंको मृत्युले पार्टीले एउटा योद्दा गुमाएको छ,’ सांसद रानाले सामाजिक सञ्जालमा लेख्नुभएको छ, ‘पार्टीको हरेक क्षणमा सदैव तपाईंको अभाव खड्किरहनेछ, अलविदा कमरेड ।’

गाउँपालिका अध्यक्ष रावलको उपचारका क्रममा काठमाडौंको अन्नपूर्ण न्यूरो अस्पतालमा मंगलबार बिहान निधन भएको हो ।

लामो समयदेखि रक्तचापले ग्रसित रावललाई ४ दिनअघि ब्रेन ह्यामब्रेज भएको थियो । अध्यक्ष रावललाई कोहलपुर मेडिकल कलेज हुँदै थप उपचारका लागि काठमाडौं लगिएको थियो ।

रावल नेकपा एमालेबाट गाउँपालिकाका अध्यक्षमा निर्वाचित हुनु भएको थियो ।