अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्रीद्वारा भारतीय राष्ट्रपतिको स्वास्थ्यलाभको कामना

प्रधानमन्त्रीद्वारा भारतीय राष्ट्रपतिको स्वास्थ्यलाभको कामना


काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय राष्ट्रपति रामनाथ कोविन्दको स्वास्थ्य लाभको कामना गर्नु भएको छ । उहाँले आज सामाजिक सञ्जाल ट्वीटरमार्फत राष्ट्रपति कोविन्दको शीघ्र स्वास्थ्य लाभको कामना गर्नु भएको हो ।

भारतीय राष्ट्रपति कोविन्दको मंगलबार दिल्लीस्थित एम्स अस्पतालमा बाइपास सर्जरी गरिएको थियो ।

भारतीय रक्षामन्त्री राजनाथ सिंहले कोविन्दको शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको ट्वीट गर्दै संलग्न चिकित्सकलाई धन्यवाद दिनु भएको छ ।