अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गण्डकीमा एमालेको जिम्मेवारी हेरफेर, सहइन्चार्जको जिम्मेवारी थापालाई

गण्डकीमा एमालेको जिम्मेवारी हेरफेर, सहइन्चार्जको जिम्मेवारी थापालाई


पोखरा- माओवादी केन्द्र परित्याग गर्दै नेकपा एमालेमा प्रवेश गरेका बागलुङका लीलबहादुर थापाले गण्डकी प्रदेशको सह-इन्चार्ज जिम्मेवारी पाउनु भएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले मंगलबार जारी गर्नु भएको अन्तरपार्टी निर्देशन अनुसार नेताहरूको जिम्मेवारी हेरफेर हुँदा थापाले सह-इन्चार्ज जिम्मेवारी पाउनु भएको हो

राष्ट्रिय जनमोर्चाबाट राजनीतिक जीवन सुरू गर्नु भएका थापाले ०५४ देखि ५९ सालसम्म जिल्ला विकास समिति बागलुङको सभापति पद सम्हाल्नु भएको थियो । उहाँ २०६३ मा नेकपा माओवादीमा प्रवेश गर्नु भएको थियो ।

हालका ऊर्जामन्त्री टोपबहादुर रायमाझीसँग निकट मानिने थापा रायमाझी स्थानीय विकासमन्त्री हुँदा राजनीतिक सल्लाहकारसमेत हुनुहुन्थ्यो ।

गण्डकी प्रदेशको इन्चार्जमा भने पृथ्वीसुब्बा गुरुङ नै हुनुहन्छ । एमालले गण्डकी प्रदेशको पार्टी अध्यक्षमा जगत विश्वकर्मा र सचिवमा गोविन्द नेपालीलाई नियुक्त गरेको छ ।