अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

माधव समूहका १६ सांसदद्वारा मुख्यमन्त्री राईविरुद्धको अविश्वास प्रस्ताव फिर्ता [पत्रसहित]

माधव समूहका १६ सांसदद्वारा मुख्यमन्त्री राईविरुद्धको अविश्वास प्रस्ताव फिर्ता [पत्रसहित]


काठमाडौं- प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएका नेकपा एमाले माधवकुमार नेपाल समूहका सांसदले प्रस्ताव फिर्ता लिएका छन् ।

मुख्यमन्त्रीका दावेदारसमेत रहेका भीम आचार्यसहित १६ जना सांसदले मुख्यमन्त्री राईविरुद्धको अविश्वास प्रस्ताव फिर्ता लिएका हुन् ।

सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्र पूर्ववत अवस्थामा फर्किएको फैसला गरेपछि उनीहरूले मुख्यमन्त्री राईविरुद्धको अविश्वासको प्रस्तावमाथि समर्थन नरहने प्रदेशसभा सचिवालय जानकारी गराएका छन् ।

माधव नेपाल पक्षका १६ सांसदले अविश्वास प्रस्तावमाथिको समर्थन फिर्ता लिएसँगै शेरधन राईको सरकार सुरक्षित बनेको छ ।

मुख्यमन्त्री राईविरुद्ध पुस १२ गते अविश्वास प्रस्ताव दर्ता भएको थियो । प्रदेशसभामा एमालेको एकल बहुमत छ ।

अविश्वास प्रस्ताव फिर्ता लिएको पत्र :