अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

घनश्याम भुसालबारे सूर्य थापाको टिप्पणी- चुनाव जित्यो कि पार्टी फुटाउन सक्रिय

घनश्याम भुसालबारे सूर्य थापाको टिप्पणी- चुनाव जित्यो कि पार्टी फुटाउन सक्रिय


काठमाडौं– नेकपा एमालेले सोधेको स्पष्टीकरणमा नेता घनश्याम भूसालले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध व्यक्त विचारबारे प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले कडा टिप्पणी गर्नुभएको छ ।

विगतका दृष्टान्त पेश गर्दै थापाले संसदीय चुनाव दुईपटकमात्र जितेका भूसाल चुनाव जितेपछि पार्टी फुटाउन सक्रिय हुने गरेको आरोप लगाउनुभएको छ । उहाँले यसलाई संयोग कि नियति भनेर प्रश्न गर्नुभएको छ । ‘घनश्याम भूसालजीले जीवनमा दुई वटा मात्रै निर्वाचन जित्नुभयो पहिलो २०५१ पछि उपनिर्वाचन जित्नुभयो र ०५५ फागुनमा पार्टी विभाजनमा लागेकाले मनमोहन अधिकारीले निश्कासन गर्नुभयो,’ थापाको भनाइ छ, ‘दोस्रो २०७४ मा जित्नुभयो र पुस ५ पछि फेरि विभाजनमै जुट्नुभयो। चुनाव जित्यो कि फुटमा सक्रिय, संयोग कि नियति ?’

भूसाल धनपति उपाध्यायको निधनपछि रुपन्देही २ बाट सांसद निर्वाचित हुनुभएको थियो ।