अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेले बोलायो कर्णाली प्रदेशको संसदीय दलको बैठक

एमालेले बोलायो कर्णाली प्रदेशको संसदीय दलको बैठक


सुर्खेत- नेकपा एमालेले कर्णाली प्रदेशसभा संसदीय दलको बैठक डाकेको छ । एकल सरकार गठन गर्ने विषयमा छलफल गर्नका लागि एमालेले चैत २२ गते संसदीय दलको बैठक डाकेको हो ।

बैठकमा नयाँ सरकार गठनका विषयमा रणनीति तयार गरिने नेकपा एमालेका सांसद दानसिंह परियारले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘नयाँ सरकार गठन र आगामी रणनीतिका विषयमा बैठकमा छलफल हुन्छ, बैठकमा सबै सांसद उपस्थित हुनेछन् ।’

५ चैतमा बसेको एमाले संसदीय दलको बैठकले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो । यद्यपि सो बैठकमा माधव नेपाल समूहका सांसद भने सहभागी भएका थिएनन् ।