अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पाँचथरमा जिप दुर्घटना, चालकको मृत्यु

पाँचथरमा जिप दुर्घटना, चालकको मृत्यु


पाँचथर- पाँचथरको याङवरक गाउँपालिकामा आज जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

याङवरक गाउँपालिका-१, च्याङथापू जाँदै गरेको मे१ज ३५६ नं को जीप याङवरक-३ यलम्बर चोकमा दुर्घटना हुँदा सवारी चालक फिदिम नगरपालिका-२ पल्लोटारका ३५ वर्षीय फूलकुमार राईको मृत्यु भएको छ ।

जिप सडकबाट करिब २ सय मिटर तल खसेको थियो । दुर्घटनामा घाइते चालक राईको उपचारका क्रममा जिल्ला अस्पताल फिदिममा मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते फिदिम-२ का २२ वर्षीय आशिष राईलाई उपचारका लागि झापा पठाइएको प्रहरीले जनाएको छ ।