अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

वर्तमान सरकारले इतिहासकै बढी काम गरेको छ : शान्ता चौधरी

वर्तमान सरकारले इतिहासकै बढी काम गरेको छ : शान्ता चौधरी


काठमाडौं- नेकपा एमालेकी सचेतक तथा सांसद शान्ता चौधरीले केपी ओली शर्मा नेतृत्वको सरकारले इतिहासकै बढी काम गरेको बताउनुभएको छ ।

आज प्रतिनिधिसभा बैठकमा बोल्दै उहाँले वर्तमान सरकारको पालामा लामो समयदेखि बन्न नसकेका काम भइरहेको बताउनभयो ।

‘अहिलेको सरकारले इतिहासमै सबैभन्दा बढी काम गरेको छ,’ सांसद चौधरीले भनिन्, ‘म सलाम गर्न चाहन्छ, हार्दिक आभार व्यक्त गर्न चाहन्छु ।’

सरकारले तीव्र गतिमा विकास निर्माणका काम गर्दा पनि केही व्यक्तिले विरोधका लागि मात्र विरोध गरिरहेकोसमेत उहाँले बताउनुभयो ।

‘कस्तो संस्कार? कस्तो बुझाई हो? सरकारले महत्वपूर्ण कामहरू गरिरहेको छ । तर, विरोध भइरहेको छ,’ सांसद चौधरीले भन्नुभयो, ‘राम्रा कामका पक्षमा त बोल्न सक्नु पर्‍यो नि, विरोध मात्र गर्ने? तीन दशकपछि मेलम्चीको पानी काठमाडौंकामा झरेको छ । यसको पनि केहीले विरोध गर्छन् होला ।’