अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आज १६२ जनामा कोरोना संक्रमण

आज १६२ जनामा कोरोना संक्रमण


काठमाडौं- नेपालमा बुधबार देशरभ १ सय ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ३ हजार ९ सय १९ जनाको पीसीआर परीक्षण गर्दा १६२ जनामा कोरोना पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक बिवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाका कुल सङ्क्रमित संख्या दुई लाख ७७ हजार ३०९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ५९ जना सङ्क्रमित निको भएका छन् । उक्त संख्यासँगै नेपालमा कोभिड-१९ बाट मुक्त हुनेको संख्या दुई लाख ७२ हजार ७८६ पुगेको छ ।

मन्त्रालयका अनुसार हाल एक हजार ४९३ जनामा कोभिड १९ भाइरस सङ्क्रमण सक्रिय रहेको छ । ५९ जना हाल क्वारेन्टिनमा छन् ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोभिड–१९ बाट हुने मृत्युको पुष्टि भएको छैन् । हालसम्म कोभिड-१९ बाट नेपालमा ३ हजार ३० जनाको मृत्यु भएको हो ।