अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले बागमती संसदीय दलको बैठक : तीन सदस्यीय विधान संशोधन कार्यदल गठन

एमाले बागमती संसदीय दलको बैठक : तीन सदस्यीय विधान संशोधन कार्यदल गठन


हेटौँडा- नेकपा एमालेको बागमती प्रदेशको संसदीय दलको बैठकले विधान संशोधन कार्यदल गठन गरेको छ ।

आज मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बसेको बैठकले तीन सदस्यीय कार्यदल गठन गरेको हो । कार्यदलमा प्रमुख सचेतक केशव पाण्डे, नारायण सिलवाल र उर्मिला कर्माचार्य रहनु भएको छ

प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराउनेमध्येको एमाले नेता अरुण नेपालले मंगलबार प्रस्ताव फिर्ता लिएको सूचना प्रदेशसभा सचिवालयमा दर्ता गराउनु भएको थियो ।

तत्कालीन नेकपामा विवाद चुलिएका बेला प्रचण्ड-माधव पक्षले मुख्यमन्त्री पौडेलविरुद्ध गत पुस १० मा अविश्वासको प्रस्ताव दर्ता गरेको थियो । प्रस्तावमा ४५ जना सदस्यले हस्ताक्षर गरेका थिए ।

सर्वोच्च अदालतले नेकपा एकता बदर गर्ने निर्णयपछि एमालेका सांसदहरूले मुख्यमन्त्री पौडेलमाथि पेश गरेको अविश्वासको प्रस्ताव फिर्ता लिने निर्णय गरिसकेका छन् ।