अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेको रिक्त प्रतिनिधिसभा सदस्यमा जानकीदेवी निर्वाचित

एमालेको रिक्त प्रतिनिधिसभा सदस्यमा जानकीदेवी निर्वाचित


काठमाडौं- नेकपा एमालेको रिक्त प्रतिनिधिसभा सदस्यमा जानकीदेवी राम निर्वाचित हुनु भएको छ । एमालेको समानुपातिक उम्मेदवारको बन्दसूचीमा रहनुभएकी सिरहाकी जानकीदेवी राम निर्वाचित हुनु भएको निर्वाचन आयोग स्रोतले जनाएको छ ।

नेकपा एमालेको चैत ७ गते बसेको केन्द्रीय कमिटी बैठकले सानु शिवाको निधन भएपछि रिक्त रहेको समानुपातिक सांसदमा जानकीलाई निर्वाचित गर्न निर्वाचन आयोगलाई पत्राचार गर्ने निर्णय गरेको थियो ।

जानकी निर्वाचित भएसँगै अब प्रतिनिधिसभामा एमालेका १ सय २१ सांसद भएका छन् ।