अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

केपी ओलीको भिजन : देशलाई सही बाटोमा हिँडाउने मार्गचित्र

केपी ओलीको भिजन : देशलाई सही बाटोमा हिँडाउने मार्गचित्र


अहिले देशको राजनीतिको मियो नेकपा एमालेका अध्यक्ष तथा सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली हुनुहुन्छ । उहाँलाई सहज रूपमा स्वीकार गर्न थोरैलाई मुस्किल परिरहेको छ । तर उहाँका कदमलाई अधिकांशले उत्साह, उमंग, भरोसा र दृढ विश्वासकासाथ आत्मसात गरेका छन् । करिव पाँच दशक लामो राजनैतिक जीवन व्यतित गरिसक्नु भएका केपी शर्मा ओली नेपाली राजनीतिको केन्द्रमा रहनु कुनै अनौठो भने होइन । १४ वर्ष लामो कठोर जेल जीवनकै क्रममा उहाँ आम नेपाली जनता र राजनैतिक व्यक्तित्वहरू माझ प्रत्यक्ष वा परोक्ष रूपमा परिचित भइसक्नु भएको हो । विश्व कम्यूनिस्ट आन्दोलनलाई आफ्नो नवीन विचारले प्रभावित पार्ने कमरेड मदन भण्डारीले केपी ओलीको क्षमतालाई परख गरेरै हुनु पर्छ सधै विश्वासमा लिनुको कारण ।

धेरै मानिसहरूको स्वभाव आफूलाई आवश्यकता भन्दा बढी विज्ञापित गर्ने हुन्छ । थोरै मानिसहरू मात्र आफू भित्रको क्षमतालाई प्रकट गर्न उचित समयको पर्खाईमा हुन्छन् । समय र परिस्थितिको सटिक विश्लेषण गर्दै सोहि अनुसारका आफ्ना विचारहरूलाई प्रस्तुत गर्नु उनिहरूको विशेषता हुन्छ । केपी ओली पनि यस्तै विशेषता भएकाहरू मध्ये पर्नुहुन्छ । नेकपा एमालेको नौ महिने सरकारमा गृह मन्त्री हुदा उहाँले आफूमा भएको त्यो क्षमता प्रकट गर्ने अवसर पाउनु भयो । उहाँको कार्यकुशलता देखेर तत्कालिन प्रधानमन्त्री मनमोहन अधिकारी समेत अचम्मित हुनु भएको कुरा त्यस बेला निकै चर्चामा थियो ।

कमरेड मदन भण्डारीले प्रस्तुत गर्नु भएको वैचारिक नीति जनताको बहुदलीय जनवादले विश्वमा नै ओह्रालो लागेको कम्युनिस्ट आन्दोलनमा प्राण भर्ने काम गर्‍यो । जनताको बहुदलीय जनवाद प्रतिपादन गर्ने कुरामा कमरेड केपी शर्मा ओलीको भूमिका परिपुरकका रूपमा रहेको कुरा स्मरणीय छ ।

अरूले जहाँसम्म सोच्छन् त्यहाँबाट पर केपी ओली सोच्नु हुन्छ भन्ने कुरा असत्य होइन । चाहे त्यो कुनै खास महत्वपूर्ण विषयमा पार्टीले लिनु पर्ने निर्णयका सवालमा होस वा राष्ट्रले निर्वाह गर्नु पर्ने भूमिकाका सवालमा होस उहाँले प्रस्तुत गरेका धारणाहरू समय क्रममा सही सावित भएका छन् भलै ति जिम्मेवार निकायले कार्यन्वयन नगरेको नै किन नहोस् । उहाँको दुरदर्शीताको एउटा उदाहारण हेरौं । एमालेको अल्पमतको सरकार ढल्ने भएपछि २०५२ समल वहाँले राप्रपासँग मिलेर सरकार बनाउँ । उक्त पार्टीलाई केही मन्त्रालयमा मनाउन सकिन्छ भन्नुभएको थियो । तर त्यसबेला पञ्चसँग सत्ता साझेदारी गर्ने भनेर आफ्नै पार्टीका बुज्रुकहरूले उहाँको प्रस्तावलाई अस्विकार गरे । तर छ महिना पनि नवित्दै उनै बुज्रुकहरु राप्रपालाई प्रधानमन्त्री बुझाउन तयार भए ।

कुनै पनि मुलुकमा देशका लागि सोच्ने र काम गर्ने महापुरुषहरू समयको लामो अन्तरालमा मात्र जन्मन्छन् । नेपालकै सन्दर्भमा कुरा गर्ने हो भने जंगबहादुर राणा पछि बीपी कोइराला एउटा त्यस्ता नेता जन्मिएका हुन जोसँग मुलुकलाई अग्रगति दिने स्पष्ट भिजन थियो । तर राजनीतिमा स्पष्ट सोच, इमान्दारिता र लगनशिलता मात्र पर्याप्त हुँदैन र सँग सँगै चातुर्यता पनि अपरिहार्य हुन्छ भन्ने कुरा नबुझ्नु बीपीको कमजोरी थियो । जसका कारणले उहाँको दुई तिहाईको सरकार एक वर्ष पछि नै राजा महेन्द्रबाट अपदस्थ गरियो । त्यो समयका राजाबाट प्रजातन्त्र प्रतिको आस्थाको अपेक्षा गरिनु मुर्खता शिवाय केही हुन्न तथापि राष्ट्र निर्माणको सवालमा बीपी कोइरालाका सपनाहरूलाई आफ्नै नाम दिएर नै किन नहोस्, तिनलाई कार्यान्वयन गर्नु राजा महेन्द्रको राष्ट्रप्रतिको प्रेम नै हो भनेर स्वीकार्न अप्ठेरो मान्नु हुँदैन ।

२०१७ साल देखि लगभग तीस वर्षको अन्तरालपछि नेपाली राजनीतिमा उदाउनु भएका मदन भण्डारी एउटा त्यस्तो नेता हुनु हुन्थ्यो जसले प्रवाह गरेका विचारबाट नेपाली जनताहरू चुम्बकीय रूपमा आकर्षित थिए । उहाँले बिभिन्न आमसभाहरुमा र संसद भवनमा गरेका सम्बोधनहरूबाट प्रभावित नहुने कोही थिएन । कमरेड मदन भण्डारीले प्रस्तुत गर्नु भएको वैचारिक नीति जनताको बहुदलीय जनवादले विश्वमा नै ओह्रालो लागेको कम्यूनिस्ट आन्दोलनमा प्राण भर्ने काम गर्‍यो । जनताको बहुदलीय जनवाद प्रतिपादन गर्ने कुरामा कमरेड केपी शर्मा ओलीको भूमिका परिपुरकका रूपमा रहेको कुरा स्मरणीय छ । प्रत्येक कोणबाट हेर्दा कमरेड मदन भण्डारीसँग मुलुकलाई कुशल नेतृत्व दिन र समुन्नत बनाउन सक्षम हुने सम्भावना प्रवल थियो भन्ने आधारहरू प्रसस्त छन् ।

माओवादीहरूले अंगिकार गरेको शसस्त्र आन्दोलनका बारेमा होस् वा जातीय र भाषाका आधारमा राज्यको विभाजन गर्ने कुराको विरुद्धमा होस् । कमरेड केपी ओलीले प्रतिकार नगरेको भए आज मुलुक कुन भड्खालोमा जाकिन्थ्यो ?

नेपालमा बहुदलीय ब्यवस्थाको पुनस्र्थापना पश्चात नेपाली कांग्रेसका नेता गिरिजाप्रसाद कोइरालाले नेपालको राजनीतिलाई लगभग दुई दशकसम्म आफ्नो नियन्त्रणमा राख्नु भयो । यद्यपि यी दुई दशक राजनैतिक आर्थिक सामाजिक हरेक हिसाबले निकै उतार चढ़ाव र चुनौतीपूर्ण रहे । नेपालको इतिहासमा यो कालखण्डलाई अराजकता,बेथिति र अन्यौलको कहालिलाग्दो युगको रूपमा सधै संझिईने छ । यस्तो अन्यौलको अवस्थामा सुस्पष्ट दृष्टिकोण राख्ने र माओवादी आन्दोलनले सृजना गरेको भयावह स्थितिको प्रारम्भदेखि नै वैचारिक रूपमा खरो ढंगले प्रतिकार गर्ने एक मात्र राजनैतिक ब्यक्तित्व केपी ओली नै हुनुहुन्थ्यो । माओवादीहरूले अंगिकार गरेको शसस्त्र आन्दोलनका बारेमा होस वा जातीय र भाषाका आधारमा राज्यको विभाजन गर्ने कुराको बिरूद्धमा होस । कमरेड केपी ओलीले प्रतिकार नगरेको भए आज मुलुक कुन भडखालोमा जाकिन्थ्यो ? यसै भन्न सकिन्न । प्रारम्भमा वास्ता नगरिएको केपी ओलीको विचारले विस्तारै ब्यापकता लिदै गयो र यो आम नागरिकको भावनासँग एकाकार हुन पुग्यो । साच्चै भन्ने हो भने उहाँको निडरतापूर्वक र आत्मविश्वासपूर्ण ढंगले दूर दृष्टियुक्त विचारको संप्रेषण गर्ने क्षमताको सार्वजनिकीकरण यसै समयमा भयो । नेकपा माओवादीलाई शान्ति वार्तामा आउन बाध्य पार्ने कारणहरू मध्ये एउटा प्रमुख कारण केपी ओलीले चलाउनु भएको लगातारको धारिलो बैचारिक संघर्ष पनि हो ।

पहिलो संविधान सभा दिशाहीन रूपमा समाप्त भयो । त्यो संविधान सभामा अनेकन जटिलताहरू उत्पन्न भए । हरेक जटिलताहरूको निकासका लागि केपी ओलीको सहभागिता अपरिहार्य हुन पुग्यो जब कि उहाँ संविधान सभा सदस्य हुनुहुन्नथ्यो । त्यसले पुष्टि गरेको कुरा भनेको संविधानसभाबाट संविधान निर्माण गर्न संविधानसभामा केपी ओलीको विधिवत उपस्थिति अनिवार्य छ । नभन्दै दोश्रो संविधान सभा तोकिएको समयमा नै संविधान निर्माण गर्न सफल भयो । संविधान निर्माणमा भारतीय र पश्चिमा मुलुकहरूको खुल्ला हस्तक्षेपलाई इन्कार गरेर संविधानको घोषणा गर्नु सानो तिनो साहस र सानो तिनो चतुर्‍याईँ थिएन । तर यी सारा व्यवधानहरूलाई केपी ओली कै बुद्धिमत्ताले परास्त्र गर्न संविधानसभा सफल भयो भन्नु उहाँको भुमिकाको अति मुल्याड्कन गरेको ठहर्दैन । संविधान घोषणा पछिको सरकारको नेतृत्व नेकपा एमालेले गर्ने काग्रेससँगको सहमतिलाई कांग्रेसले अवज्ञा गरे पछि नेकपा एमालेको संसदीय दलको नेताको हैसियतले केपी ओलीले आफूलाई फूटेको नजरले समेत हेर्न नरूचाउने तत्कालिन माओवादीलाई आफ्नो समर्थनमा उभ्याउनु र सरकारको नेतृत्व लिन सफल हुनु उहाँको चानचुने खुबी हैन । यस घटनाले एकसाथ दुईवटा कुराको पुष्टि गरेको छ । एउटा हो उहाँ सम्भावनाहरूको आकलन सही ढंगले गर्नु हुन्छ र परिस्थिति अनुसारको सही निर्णय लिन माहिर हुनुहुन्छ । अर्को वहाँसँग एक पछि अर्को विकल्पहरू हुन्छन् । यस कुराको पुष्टि त पछिल्ला थुप्रै घटनाक्रमहरूले समेत गरेका छन् ।

देशमा आमुल परिवर्तन गर्ने हिसाबले केपी ओलीले अघिल्लो कार्यकालमा नेतृत्व गर्नु भएको करिब नौ महिनाको समयावधि अत्यन्त छोटो हो । तथापि उहाँले भर्खरै भूकम्पबाट क्षतिग्रस्त भएको मुलुकमाथि भारतद्वारा गरिएको आर्थिक नाकाबन्दीको जसरी डटेर सामान गर्नु भयो र जसरी भूकम्प पीडितहरूका निमित्त अभिभावकत्व ग्रहण गर्नु भयो त्यस्ले नेपाली जनताहरूको मन मस्तिष्कामा गहिरो सकारात्मक प्रभाव पा¥यो । देशी विदेशी षड्यन्त्रबाट छिटै बिस्थापित गरिएको उहाँको यो छोटो कार्यकालमा उहाँले महसुस गर्नु भएको कुरा भनेको स्पष्ट बहुमत बिनाको सरकारले मुलुकमा शान्ति र स्थायित्व कायम गर्न सकिँदैन र समृद्धि पनि हासिल हुँदैन । यहि उद्देश्य प्राप्तिका लागि उहाँले स्थानीय चुनावमा कांग्रेससँग संयुक्त चुनाव लडेको र सत्ता साझेदारी समेत गरिरहेको माओवादीलाई कांग्रेसले पत्तै नपाई चुनावी गठबन्धनमा सामेल गर्नु भो । यो उहाँले गरेको एउटा चमत्कार नै थियो ।

देशको सार्वभौमिताको रक्षाका लागि उहाँले उठाएको साहसिक कदम र अन्तर्राष्ट्रिय मञ्चहरूमा सुनिन थालेको नेपालको आवाज सबै नेपालीका लागि गर्वको विषय भएको छ त्यसैले उहाँलाई नेपालका यस अघिका नेताहरूभन्दा माथिल्लो स्थानमा स्थापित गरेको छ ।

केपी ओलीको दोश्रो कार्यकाल राष्ट्रमा आमुल परिवर्तन गर्ने उद्धेश्यले प्रारम्भ भयो । सुरूका दुई वर्ष उहाँले खासै व्यवधान बिना सरकार सञ्चालन गर्न पाउनु भयो भने त्यस पछि उहाँले एकसाथ तीनवटा प्रतिकूलताहरूको सामना गर्नु पर्‍यो । एउटा आफ्नै स्वास्थ्य दोश्रो विश्वभर फैलिएको कोरोना महामारी र तेश्रो आफ्नै पार्टी भित्रको घेराबन्दी । उहाँले सहास र धैर्यताका साथ यी संकटहरूको सामना गर्नुभएको छ र अब त्यसबाट बाहिर निस्कनु भएको छ । उहाँको यो कार्यकालमा देशमा विकासको यस्तो लहर आएको छ कि मुलुकको जुनसुकै कुनामा निर्माणका कामहरू द्रुत गतिमा भइरहेको देख्न सकिन्छ । प्रत्येक दिन रोगले थिलथिलो भएको त्यो बुढो शरीरले सरदर सत्र घण्टा मुलुकको प्रगतिका निमित्त मेहनत गर्नु राष्ट्र प्रतिको असाधारण निष्ठा र प्रेम शिवाय अरू के हुन सक्छ र ? देशको सार्वभौमिताको रक्षाका लागि उहाँले उठाएको साहसिक कदम र अन्तर्राष्ट्रिय मञ्चहरूमा सुनिन थालेको नेपालको आवाज सबै नेपालीहरूका लागि गर्वको विषय भएको छ त्यसैले उहाँलाई नेपालका यस अघिका नेताहरूभन्दा माथिल्लो स्थानमा स्थापित गरेको छ ।

संभवत आगामी वर्ष संघीय संसदको निर्वाचन हुनेछ र अहिले सम्मको देशका आधारभूत वर्गको मनोभावनालाई नियाल्दा केपी ओलीले नेतृत्व गर्नु भएको नेकपा एमालेलाई बहुमतको सरकार निर्माण गर्न कुनै शक्तिले पनि रोक्न सक्ने छैन । निःसन्देह त्यस पछि बन्ने सरकारको नेतृत्व पनि केपी ओलीले नै गर्नु हुनेछ । पूर्ण विश्वास र भरोसाका साथ भन्न सकिन्छ कि आगामी पाँच वर्षको कार्यकाल मुलुकले अभूतपूर्व समृद्धि हासिल गर्ने स्वर्णकाल हुनेछ । यहि कार्यकालले केपी ओलीलाई चीरकाल सम्म नेपालीहरूको मन मस्तिष्कमा उच्च सम्मानकासाथ विराजमान गराउने छ । कतिपयलाई यो सम्भावना अतिशयोक्तिपूर्ण वा मिथ्या लाग्न सक्ला अथवा यस्लाई चाकरीको भाषाका रूपमा अथ्र्याउन पनि सकिएला तर त्यसको परीक्षणको घडी निकट भविष्य नै त हो ।