अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिने आँट गरेन

माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिने आँट गरेन


काठमाडौं- नेकपा माओवादी केन्द्रले आजको बैठकमा पनि सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गर्न सकेन । संसद र सार्वजनिक मञ्चमा सरकारलाई हाम्रो समर्थन छैन भनेर भाषण गरे पनि पार्टीको औपचारिक बैठकमा यो विषयलाई प्रवेश नै नगराइने गरेको एकजना स्थायी कमिटी सदस्यले जानकारी दिनुभयो ।

हिजो संसदमा बोल्दै माओवादी केन्द्रका प्रमुख सचेतक देवप्रसाद गुरुङले सरकार अल्पमतमा परिसकेको कुरा बताउनुभयो । त्यसका आधारमा आजको माओवादीको स्थायी कमिटीको बैठकले समर्थन फिर्ता लिन्छ भन्ने पक्का जस्तै थियो । तर, आज यो विषय बैठकको एजेण्डा नै नभएको कुरा प्रवक्ता नारायणकाजी श्रेष्ठले बताउनुभयो ।

आजको बैठकपछि प्रवक्ता श्रेष्ठले पत्रकारहरूलाई अलमल्याउने किसिमको जवाफ दिनुभयो । सरकारलाई दिएको समर्थनका बारेमा सोधिएको प्रश्नमा श्रेष्ठको जवाफ यस्तो छ, ‘सरकारले हामीसँग समर्थन मागेको पनि छैन । हामीले औपचारिक समर्थन गरेको पनि छैन,’ श्रेष्ठले भन्नुभयो, ‘हाम्रो समर्थन छैन भनेर औपचारिक रूपमा लेखेर दिने मात्र कुरा हो । त्यसले अरू कुनै प्रक्रियालाई अगाडि बढाउन रोक्दैन । ’

श्रेष्ठले केपी ओलीको सरकारलाई कसैलाई समर्थन गर्ने विचार भए गर्न पनि आह्वान गर्नुभएको छ । ‘हाम्रो लाइन प्रष्ट छ हामीले केपी ओलीको सरकारलाई विस्थापित गर्न चाहन्छौ तर मुख्यतया हामी यो संसदलाई पूरा अवधि टिकाउन चाहन्छौँ,’ श्रेष्ठले भन्नुभयो, ‘कसैलाई मन भए केपी सरकारलाई समर्थन गरे हुन्छ । यसमा प्रमुखप्रतिपक्षी पनि प्रष्ट भएर आउनुपर्‍यो ।’