अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सुरेन्द्र र घनश्याम पनि एमालेको साधारण सदस्यबाट निलम्बित [पत्रसहित]

सुरेन्द्र र घनश्याम पनि एमालेको साधारण सदस्यबाट निलम्बित [पत्रसहित]


काठमाडौं- नेकपा एमालेले नेताहरू सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई पनि पार्टीको साधारण सदस्यबाट निलम्बन गरेको छ । उहाँहरूलाई पार्टीले ६ महिनाको लागि निलम्बन गरेको हो ।

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले सोधेको स्पष्टिकरणको जवाफ चित्त बुझ्दो नदिएपछि पाण्डे र भुसाललाई पनि पार्टीबाट निलम्बित गरिएको स्रोतले बताएको छ ।

केही दिनअघि मात्र नेताद्वय माधवकुमार नेपाल र भीम रावललाई पनि ६ महिनाका लागि पार्टीको साधारण सदस्यबाट निलम्बन गरिएको थियो ।

पार्टीले सोधेको स्पष्टिकरणको जवाफ चित्त बुझ्दो नदिएको, पार्टीको हितविपरित गतिविधि कायमै राखेको लगायत कारण देखाउँदै उहाँहरूलाई पार्टीबाट ६ महिनाका लागि निलम्बन गर्ने निर्णय गरिएकाे एमालेले जनाएकाे छ ।