अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले र माओवादी ब्युँताउने फैसला पुनरावलोकन नगर्ने फैसला

एमाले र माओवादी ब्युँताउने फैसला पुनरावलोकन नगर्ने फैसला


काठमाडौं- सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्र ब्युँताउने फैसलामा पुनरावलोकनको अनुमति नदिने भएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा तथा न्यायाधीशद्वय तेजबहादुर केसी र प्रकाशकुमार ढुंगाना सम्मिलित पूर्ण इजलासले पुनरवलोकनका लागि अनुमति दिन अस्वीकार गरेको हो ।

सर्वोच्च अदालतले फागुन २३ गते एमाले र माओवादी केन्द्र पूर्ववत अवस्थामा फर्किएको फैसला गरेको थियो । सो फैसलाविरुद्ध माओवादी केन्द्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले मंगलवार सर्वोच्चमा पुनरवलोकनको निवेदन दिनुभएको थियो ।