अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेपाल भाषा परिषद्को अध्यक्षमा सुवर्ण शाक्य

नेपाल भाषा परिषद्को अध्यक्षमा सुवर्ण शाक्य


काठमाडौं- नेपाल भाषा परिषद्को १६ औँ वार्षिक साधारणसभाले प्रा. सुवर्ण शाक्यको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

नयाँ कार्यसमितिको उपाध्यक्षमा नवीन चित्रकार, सचिवमा पुष्परत्न तुलाधर र कोषाध्यक्षमा मंगला कारंजित चयन हुनुभएको छ ।

त्यस्तै, सदस्यहरूमा छत्रबहादुर कायस्थ, ध्रुव मधिकर्मी, नरेशवीर शाक्य, प्रतिसरा साय्मी, विमलप्रभा बज्राचार्य, भवानी तुलाधर र श्रीराम श्रेष्ठ हुनुहुन्छ ।

साहित्यकार नारद बज्राचार्यको संयोजकत्वमा गठित निर्वाचन कमिटीले नयाँ कार्यसमितिको घोषणा गरेको हो ।

वार्षिक साधारणसभालाई सम्बोधन गर्दै अध्यक्ष प्रा. शाक्यले २०७२ सालको भूकम्पले क्षतिग्रस्त बनाएको परिषद् भवनको निर्माण कार्य भारत सरकारको सहयोगमा चाँडै अगाडि बढाउन लागिएको जानकारी दिनुभएको थियो ।