अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेपाल-प्रचण्डलाई ईश्वर पोखरेलको आग्रह : अब त आत्मसमीक्षा गर्न थाल्नुस् कमरेडहरू

नेपाल-प्रचण्डलाई ईश्वर पोखरेलको आग्रह : अब त आत्मसमीक्षा गर्न थाल्नुस् कमरेडहरू


काठमाडौं- नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले नेता माधवकुमार नेपाल र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)लाई आत्मसमीक्षा गर्न आग्रह गर्नु भएको छ ।

उपप्रधानमन्त्रीसमेत रहनुभएका पोखरेलले बिहीबार साँझ सामाजिक सञ्जालमार्फत नेपाल र प्रचण्डलाई तत्कालीन नेकपाको एकता बचाउन गरिएको आग्रहलाई सम्झदै समीक्षा गर्न आग्रह गर्नु भएको हो ।

उहाँले लेख्नु भएकोछ, ‘नेकपा रहेकै अवस्थामा विग्रहकारी प्रवृत्ति र गतिविधि बेरोकटोक बढिरहेका बेला पार्टी एकतालाई बचाउन थुप्रै साथीहरूले गर्नुभएको अनुनय विनयलाई सम्झदै अब त आत्मसमीक्षा गर्न थाल्नुस्- माधव नेपाल र प्रचण्ड कमरेडहरू !’