अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राष्ट्रपतिले आज मेलम्चीको उद्घा‍टन गर्दै, उपत्यकाभित्र पानी वितरण सुरु

राष्ट्रपतिले आज मेलम्चीको उद्घा‍टन गर्दै, उपत्यकाभित्र पानी वितरण सुरु


काठमाडौं- बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाको शुक्रबार औपचारिक उदघाटन हुने भएको छ ।

आयोजनाको औपचारिक रुपमा उद्घाटन गरी काठमाडौं उपत्यकाभित्र पानी वितरण सुरु गरिने भएको छ ।

गत आइतबारबाट परीक्षणका रुपमा पानी वितरण गर्न थालिएको भए पनि औपचारिक शुभारम्भ भने राष्ट्रपति विद्यादेवी भण्डारीले आज गर्नुहुने कार्यक्रम छ ।

काठमाडौंमा विशेष कार्यक्रम गरी उत्सवका रुपमा पानी वितरणको औपचारिक शुभारम्भ गर्न लागिएको खानेपानी मन्त्रालयले जनाएको छ ।