अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

विज्ञापन बोर्डको अध्यक्षमा हुमागाईं

विज्ञापन बोर्डको अध्यक्षमा हुमागाईं


काठमाडौं– सरकारले विज्ञापन बोर्डको अध्यक्षमा काभ्रेमा लक्ष्मण हुमागाईंलाई नियुक्त गरेको छ ।

शुक्रबार बिहान बसेको मन्त्रिपरिषदको बैठकले हुमागाईंलाई चारवर्षका लागि बोर्डको अध्यक्ष नियुक्त गरेको हो । हुमागाईं यस अघि नेपाल टेलिभिजनको महाप्रबन्धक हुनुहुन्थ्यो ।

बोर्डको अध्यक्ष बन्न लेखनाथ शर्मा (पंगेनी), रमेशकुमार खड्का र लक्ष्मण हुमागाईंको आवेदन परेको थियो ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले फागुन २० गते सूचना जारी गर्दै विज्ञापन बोर्डको अध्यक्ष बन्न इच्छुक व्यक्तिहरुलाई आवेदन माग गरेको थियो । विज्ञापन बोर्डमा यसअघि नै सदस्यहरुको नियुक्ति भइसकेको छ ।

चुरेमा डा. पौडेल

सरकारले राष्ट्रपति चुरे-तराई मधेश संरक्षण विकास समितिको अध्यक्षमा डा. किरण पौडेललाई नियुक्त गरेको छ । यसैगरी समितिका अन्य सदस्यहरुमा भेषराज आचार्य, डा.सुस्मिता ढकाल र शशि शर्मालाई नियुक्त हुनुभएको छ ।