अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राष्ट्रपतिद्वारा मेलम्चीको पानी वितरणको उद्घाटन

राष्ट्रपतिद्वारा मेलम्चीको पानी वितरणको उद्घाटन


काठमाडौं- काठमाडौं उपत्यकामा मेलम्चीको पानी वितरणको औपचारिक उद्घाटन गरिएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले भृकुटीमण्डपमा आयोजित कार्यक्रममा नमूना ढुंगेधाराबाट पानी खसालेर उद्घाटन गर्नुभयो ।

उद्घाटन कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीसहित मन्त्रीहरुको उपस्थिति रहेको थियो ।

मेलम्ची खानेपानी आयोजना निर्देशनालयले भृकुटीमण्डपमा ढुंगेधारा बनाएको छ ।

भृकुटीमण्डपमा नवनिर्मित ढुंगेधारामा साना ठूला गरी तीनवटा धारा छन् । ती धारामा मेलम्चीको पानी निरन्तर आउने व्यवस्था मिलाइएको छ ।

काठमाडौं उपत्यकाका सर्वसाधरणले आइतबारदेखि नै मेलम्चीको पानी पिउन थालिसकेका छन् ।

हालसम्म महांकाल, मीनभवन र खुमलटारको ट्याङ्कीबाट एक दिन विराएर पानी पठाइएको छ भने अनामनगरको ८ सय घरमा भने २४ सै घण्टा पानी वितरण भइरहेको छ ।

हाल पुरानो पाइपलाइनबाट पानी वितरण भइरहेको आयोजनाले जनाएको छ ।

आजदेखि बालाजु ट्यांकीबाट त्यस क्षेत्रमा मेलम्चीको पानी वितरण सुरु गरिएको छ ।