अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सडक निर्माणमा सरकारको अर्को फड्को

१ सय ६५ वटै निर्वाचन क्षेत्रमा रणनीतिक सडक, प्रधानमन्त्रीले एकैपटक आज शुभारम्भ गर्दै

१ सय ६५ वटै निर्वाचन क्षेत्रमा रणनीतिक सडक, प्रधानमन्त्रीले एकैपटक आज शुभारम्भ गर्दै


काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले आज १ सय ६५ वटा सडकको एकै पटक शिलान्यास गर्दै हुनुहुन्छ ।

सबै संघीय निर्वाचन क्षेत्रमा एक एक वटाका दरले सडक शिलान्यास गर्न लागिएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रविन्द्रनाथ श्रेष्ठले जानकारी दिनुभयो ।

प्रधानमन्त्री ओलीले सरकारी निवास बालुवाटारबाट बिहान ११ बजे शिलान्यास गर्ने कार्यक्रम छ । प्रधानमन्त्रीका विकास विज्ञ गजेन्द्र थपलियाका अनुसार अर्थ मन्त्रालयले बजेटको सुनिश्चितता गरेपछि सडक शिलान्यासको चरणमा पुगेको हो । सडक तीनवर्ष भित्र निर्माण सम्पन्न हुने लक्ष्य राखिएको थपलियाले जानकारी दिनुभयो ।

सचिव श्रेष्ठका अनुसार सडकको कुल लागत ५७ अर्व १० करोड रुपैंया अनुमान गरिएको छ । ‘निर्वाचन क्षेत्र रणनीतिक सडक’ नाम दिइएका यी सडक प्रत्यक्ष निर्वाचित सांसदहरुले सिफारिस गर्नुभएको छ । ‘निश्चित क्राइटेरियाका आधारमा सबै प्रत्यक्ष निर्वाचित सांसदज्यूहरुले सिफारिस गरेका सडकहरु छनौट भएका छन्,’ मन्त्रालयका सचिव श्रेष्ठले नेपाली बहस डटकमसँग भन्नुभयो, ‘नेपालको सडक सञ्जालको क्षेत्रमा यी सडकहरुमा रणनीतिक महत्त्व छ । सबै ठाउँमा प्रधानमन्त्रीज्यू पुग्न सम्भव नभएकोले एकै ठाउँबाट शिलान्यास गर्न लागिएको हो ।’

कार्यक्रममा संघीय सांसदहरुलाई पनि बोलाइएको छ ।