अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

दिनैपिच्छे राजीनामा माग्छन्, कतिवटा राजीनामा लेख्नुः प्रधानमन्त्री

दिनैपिच्छे राजीनामा माग्छन्, कतिवटा राजीनामा लेख्नुः प्रधानमन्त्री


काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले आफूसँग दिनैपिच्छे राजीनामा माग गर्ने गरेको बताउनुभएको छ ।

शनिबार बालुवाटारमा ‘निर्वाचन क्षेत्र रणनीतिक सडक’ शिलान्यास गर्दै प्रधानमन्त्रीले राजीनामा माग गर्नेहरु दिनहुँ आउने गरेको बताउनुभयो । ‘दिनैपिच्छे राजीनामा माग्छन्, राजीनामा एउटा हुन्छ, कतिवटा राजीनामा लेख्नु,’ उहाँले भन्नुभयो, ‘अविश्वास प्रस्ताव ल्याउनुस् न त ।’

प्रधानमन्त्रीले मिडियाहरुले दिनैपिच्छे मागेका राजीनामाको समाचार लेख्ने तर तीसौं वर्षपछि मेलम्चीको पानी काठमाडौंमा आएको नलेख्ने समस्याबाट गुज्रेको बताउनुभयो ।