अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पर्यटनलाई चलायमान बनाउन सरकार गम्भीर छ : मन्त्री ढकाल

पर्यटनलाई चलायमान बनाउन सरकार गम्भीर छ : मन्त्री ढकाल


काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले पर्यटन व्यवसायीहरूको भावना अनुरूप पर्यटन उद्योगलाई चलायमान बनाउन सरकार लागिपरेको बताउनुभएको छ ।

होटल संघ नेपालको ४७ औँ वार्षिक साधारणसभाको अवसरमा शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री ढकालले कोभिड-१९ बाट सबैभन्दा धेरै प्रभावित पर्यटन क्षेत्रलाई चलायमान बनाउन सरकार गम्भीर रहेको बताउनुभयो ।

सरकारले होटल व्यवसायी आफैँले बनाएको स्वास्थ्य मापदण्डलाई मन्त्रिपरिषद्बाट पारित गराई यस क्षेत्रलाई चलायमान बनाउन सहयोगी बनेको पनि बताउनुभयो ।

पर्यटन क्षेत्रको विकासका लागि आगामी नीति तथा कार्यक्रमबाट सम्बोधन गरिने बताउँदै के कस्ता कार्यक्रम समावेश गर्नुपर्छ सुझाव दिन व्यवसायीसँग आग्रह गर्नुभयो । मन्त्री ढकालले व्यवसायीको सुझावअनुसार नै कार्यक्रमहरू ल्याउने प्रतिवद्धतासमेत व्यक्त गर्नुभयो ।

कार्यक्रममा होटल संघ नेपालकी अध्यक्ष सृजना राणाले आन्तरिक पर्यटनमार्फत अर्थतन्त्र चलायमान बनाउनुपर्नेमा जोड दिनुभयो ।

अन्तर्राष्ट्रिय पर्यटन आगमन पूर्ण अवस्थामा नफर्किएसम्म होटल उद्योगलाई चलायमान बनाउन आन्तरिक पर्यटनलाई प्राथमिकतामा राखी सरकारले अल्पकालिन र दिर्घकालिन रणनीति तर्जुमा गर्न माग गर्नुभयो ।