अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

‘भौतिक निर्माणमा वर्तमान सरकारले कायापलट गरेको छ’

‘भौतिक निर्माणमा वर्तमान सरकारले कायापलट गरेको छ’


काठमाडौं- भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले भौतिक संरचना निर्माणमा सरकारले कायापलट गरेको बताउनु भएको छ ।

निर्वाचन क्षेत्र रणनीतिक सडक कार्यक्रम शुभारम्भ समारोहलाई सम्बोधन गर्दै मन्त्री नेम्वाङले भौतिक निर्माणमा सरकारले अथाह उपलब्धि हासिल गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘सरकारले भौतिक निर्माणमा कायापलट गरेको छ, केपी ओली नेतृत्वमा सरकार बनेपछि संघीय सरकारले मात्र ३ हजार ५ सय १२ किलोमिटर कालोपत्रे गरेको छ, तीन वर्षमा मात्र ६ सय २८ भन्दा बढी पुल निर्माण भएका छन् ।’

प्रत्येक दुई दिनमा एक पुल निर्माण भएको बताउँदै मन्त्री नेम्वाङले पछिल्लो समय नेपालमा हरेक दिन साढे ६ किलोमिटर सडक निर्माण भइरहेको बताउनुभयो ।

सरकारले ८० ओटा राष्ट्रिय राजमार्ग निर्माण गरेपनि सरकारले सबै ठाँउलाई जोड्न नसकेकाले रणनीतिक बाटोको अवधारणा ल्याइएको उहाँले बताउनुभयो ।

सरकारले निर्माण गरेको बजेट र नीति अनुसार काम तिव्र गतिमा चलिरहेको बताउनुभयो । आद्यौगिक करिडोर तथा पूर्व पश्चिम राजमार्ग चौडा बनाउने काम तिव्र ढंगले अगाडि बढेको मन्त्री नेम्वाङले बताउनुभयो ।