काठमाडौं- गत २४ घण्टामा देशभर १२८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । २ हजार ७२७ को आरटीपीसीआर परीक्षण गर्दा १२८ जनामा संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै पछिल्लो २३ घण्टामा थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाका कुल सङ्क्रमितको संख्या २ लाख ७७ हजार ७६८ पुगेको छ ।
पछिल्लो २४ घण्टामा १६१ जना सङ्क्रमित निको भएका छन् । हालसम्म दुई लाख ७३ हजार १२३ जना सङ्क्रमित निको भइसकेका छन् । मन्त्रालयका अनुसार हाल एक हजार ६१३ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ । पछिल्लो २४ घण्टामा १ जना सङ्क्रमितको मृत्यु भएको छ ।
हालसम्म नेपालमा ३ हजार ३२ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
प्रतिक्रिया