अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

टिम निर्मलाः प्रदेश नेतृत्वमा पनि अब्बल पत्रकार हाबी

टिम निर्मलाः प्रदेश नेतृत्वमा पनि अब्बल पत्रकार हाबी


काठमाडौं– आसन्न पत्रकार महासंघको निर्वाचनका लागि व्यावसायिक प्रेस चौतारी नेपालले व्यावसायिक पत्रकारहरुको टिमलाई मैदानमा उतारेको छ ।

चौतारीले केन्द्र देखि प्रदेशसम्म उठाएका उम्मेदवारहरु दैनिक समाचार संकलन, छायांकन, समाचार लेखन र सम्पादनमा वर्षौंदेखि तल्लिन रहेको टिम छ । केन्द्रीय अध्यक्षमा उम्मेदवार हुनुभएकी निर्माला शर्मा अढाइ दशक देखि व्यावसायिक पत्रकारितमा हुनुहुन्छ ।

शर्माले पोखराका विभिन्न पत्रपत्रिका देखि काठमाडौंको श्रीसगरमाथा दैनिकमा रिर्पोेटिङ गर्नुभएको हो । करिअरको सुरुवात देखि नै खोजी समाचार र महिलाका विषयमा खास रुची राख्ने शर्मा कालान्तरमा सञ्चारमा लैंगिक समानाताको वकालत गर्ने संस्था सञ्चारिका समुहकी अध्यक्ष हुनुभयो । हाल कान्तिपुर टेलिभिजनमा महिला हिंसाविरुद्ध र महिला अधिकारका मुद्धाको वकालत गर्ने कार्यक्रम समकोणको उत्पादन र सञ्चालन गर्नुहुन्छ ।

चौतारीले महासचिवमा यूवा पत्रकार बालकृष्ण बस्नेतलाई अघि सारेको छु । अदालती रिर्पोटिङमा विषेश दक्षता भएका बस्नेत हाल खुला नेपाल डट कममा सल्लाहकार सम्पादक हुनुुहुन्छ । दुई दशक कान्तिपुर दैनिकमा काम गरेका बस्नेत जिल्लाका पत्रकारका समस्याका बारेमा जानकार हुनुहुन्छ । जिल्ला ब्यूरो प्रमुख हुँदा उहाँले नियुक्त गर्नुभएका जिल्ला संवाददाता नै अहिले कान्तिपुरको न्यूजरुममा हाबी भएका छन् । श्रमजीवीको हित श्रमजीवीबाट मात्र सम्भव छ भन्ने बस्नेत महासंघकै अगुवाइमा मात्र श्रमजीवी पत्रकार ऐन कार्यान्वयन सम्भावन छ भन्नुहुन्छ । यो अभियानको नेतृत्व आफूले गर्ने बस्नेतको दाबी छ ।

चौतारीले प्रदेश अध्यक्षमा पनि व्यावसायिक पृष्ठभूमिका पत्रकारहरुलाई नै अघि सारेको छ । प्रदेश नं १ को अध्यक्षमा मोहनकाजी अर्थात मोहन काजी मैदानमा खडा हुनुभएको छ । दुईदशकदेखि पत्रकारितामा संलग्न नेउपाने सरल र मिलनसार स्वभावका हुनुहुन्छ । यस अघि पत्रकार महासंघको पूर्वाञ्चल संयोजक भइसक्नुभएका काजी हाल लोकतन्त्रपोष्ट दैनिकका प्रधान सम्पादक हुनुहुन्छ । व्यावसायिक दक्षता र पेसागत सुरक्षालाई मुल मुद्धा बनाएर मैदान आउनु भएका नेउपानेको व्यावसायिक सक्रियता धेरैका लागि उदाहरणीय छ ।

प्रदेश नं २ मा प्रेस चौतारी र प्रेस मञ्चले गरेको चुनावी गठबन्धन अनुसार मञ्चका नेता राजेशकुमार कर्णलाई अध्यक्षमा अघि सारिएको छ । धनुषाका कर्ण प्रेस मञ्चका केन्द्रीय उपाध्यक्ष हुनुहुन्छ । तीन दशकदेखि पत्रकारितामा रहेका वहाँ जनकपुर टेलिभिजनको समाचार सम्पादक हुनुहुन्छ ।

बागमती प्रदेशको अध्यक्षमा चितवनाका पत्रकार हरीप्रसाद पोख्रेल मैदानमा आउनुभएको छ । अढाइ दशकदेखि पत्रकारितामा सक्रिय पोख्रेल समाचार पत्र दैनिकमा कार्यरत हुनुहुन्छ । पोख्रेल स्वदेशमा मात्र होइन विदेशमा समेत पत्रकारितामा सक्रिय हुनुहुन्थ्यो । २०६७ सालमा पोख्रेल महासंघको जापान शाखाको सचिव समेत हुनुभएको थियो ।

प्रेस चौतारी नेपालले गण्डकी प्रदेशबाट दीपेन्द्र श्रेष्ठलाई अध्यक्ष उम्मेदवार बनाएको छ । श्रेष्ठ दुई दशकदेखि पत्रकारितामा संलग्न हुनुहुन्छ । उहाँ अहिले एभरेस्ट एफएम र एभरेस्ट आवाज डट कमको नेतृत्व गर्नुभएको छ । उहाँ नेपाल महासंघ कास्कीका अध्यक्ष हुनुहुन्छ । श्रेष्ठ दुई कार्यकाल प्रेस चौतारीका सल्लाहकार हुनुहुन्छ ।

लुम्बिनी प्रदेशको अध्यक्षमा संगठनले बुटवलका पत्रकार भरत केसीलाई अघि सारेको छ । दुईदशक देखि पत्रकारितामा रहेका केसी प्रेस चौतारी नेपालको सचिव हुनुहुन्छ र पत्रकार महासंघ लुम्बिनी प्रदेशको उपाध्यक्ष हुनुहुन्छ । केसी हाल राष्ट्रिय समाचार समिति लुम्बिनी प्रदेशको प्रमुख हुनुहुन्छ । उहाँले विभिन्न स्थानीय र राष्ट्रिय सञ्चार माध्यममा काम गरिसक्नुभएको छ ।

कर्णाली प्रदेशको अध्यक्षमा चौतारीले बिष्णु शर्मालाई उम्मेद्वार बनाएको छ । दैलेखका शर्मा करिब दुई दशकदेखि पत्रकारितामा हुनुहुन्छ । महासंघको दैलेख शाखाका पूर्व अध्यक्ष शर्मा अहिले नेपाल टेलिभिजनमा काम गर्नुहुन्छ ।

सुदूरपश्चिम प्रदेशका अध्यक्षमा चौतारीले कृष्ण ओलीलाई उम्मेदवार बनाएको छ । ओली प्रेस चौतारी सुदुरपश्चिमका संयोजक हुनुहुन्छ । बाजुरा निवासी ओली त्यहिँको रेडियो बाजुराको स्टेशन मेनेजर हुनुहुन्छ । बाजुराबाटै उहाँ नागरिक दैनिकमा कार्यरत हुनुहुन्छ । ओली डेढ दशकदेखि पत्रकारितामा हुनुहुन्छ ।

उपत्यका प्रदेश कमिटीको अध्यक्षमा चौतारीले रामचन्द्र खड्कालाई अघि सारेको छ । खड्का दैनिक पत्रिका राष्ट्रिय सञ्जालका महासचिव हुनुहुन्छ । उहाँ यूनिटी भ्वाइस मासिकको प्रधान सम्पादक हुनुहुन्छ ।

यसैगरी एसोसिएट प्रदेशका तर्फबाट प्रेस चौतारीले डिबी खड्कालाई उम्मेदवार बनाएको छ । खड्का नेपाल लाइभ अनलाइनमा काम गर्नुहुन्छ । बाजुरा निवासी खड्का डेढ दशकदेखि पत्रकारितामा हुनुहुन्छ । खड्का स्वास्थ्य र संसदीय रिर्पोटिङ गर्न खास दखल राख्नुहुन्छ ।

यसैगरी प्रतिष्ठान प्रदेशबाट चौतारीले उद्धवकुमार कार्कीलाई अध्यक्षमा उम्मेदवार बनाएको छ । डेढ दशकदेखि टेलिभिजन पत्रकारितामा रहेका कार्की हाल न्यूज ट्वान्टी फोर टेलिभिजनका डेस्क सम्पादक र प्रस्तोता समेत हुनुहुन्छ । उहाँ हाल सोही प्रदेश समितिको सचिव हुनुहुन्छ ।