काठमाडौं- नेकपा एमालेकी नेतृ जानकीदेवी रामले प्रतिनिधसभा सदस्यको सपथ ग्रहण गर्नुभएको छ । आइतबार सभामुख अग्नि सापकोटाले उहाँलाई संसद सचिवालयमा पद तथा गोपनीयताको सपथ खुवाउनुभएको हो ।
जानकीदेवी सिरहाकी हुनुहुन्छ । समानुपातिक सांसद सानु सिवाको निधनपछि खाली भएको कोटामा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले जानकीदेवीको नाम मनोनयनका लागि निर्वाचन आयोगमा सिफारिस गर्नु भएको थियो ।
प्रतिक्रिया