काठमाडौं- नेपाली राष्ट्रिय पुरुष फुटबल टिमको मुख्य प्रशिक्षकको जिम्मेवारी कुवेती नागरिक अब्दुल्लाह अलमुताइरीले पाउनु भएको छ ।
चैत १८ गते बसेको अखिल नेपाल फुटबल संघ (एन्फा) प्राविधिक कमिटीको प्रस्तावअनुसार एन्फा सचिवालयले उहाँलाई प्रशिक्षकको जिम्मेवारी दिएको हो । यो निर्णयलाई एन्फा कार्यसमितिले अनुमोदन गर्नेछ । उहाँले आइतबारदेखि नै काम सुरू गर्दै हुनुहुन्छ ।
नेपालले आउँदो जुन महिनामा विश्वकप छनोट खेल्दैछ । एक वर्षका लागि मुख्य प्रशिक्षकको जिम्मेवारी पाउनुभएका अब्दुल्लाहले यो आफ्ना लागि ठूलो चुनौती भएको प्रतिक्रिया दिनुभयो ।
प्रतिक्रिया