अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेपाली फुटबल टिमको मुख्य प्रशिक्षकमा अब्दुल्लाह अलमुताइरी

नेपाली फुटबल टिमको मुख्य प्रशिक्षकमा अब्दुल्लाह अलमुताइरी


काठमाडौं- नेपाली राष्ट्रिय पुरुष फुटबल टिमको मुख्य प्रशिक्षकको जिम्मेवारी कुवेती नागरिक अब्दुल्लाह अलमुताइरीले पाउनु भएको छ ।

चैत १८ गते बसेको अखिल नेपाल फुटबल संघ (एन्फा) प्राविधिक कमिटीको प्रस्तावअनुसार एन्फा सचिवालयले उहाँ­लाई प्रशिक्षकको जिम्मेवारी दिएको हो । यो निर्णयलाई एन्फा कार्यसमितिले अनुमोदन गर्नेछ । उहाँले आइतबारदेखि नै काम सुरू गर्दै हुनुहुन्छ ।

नेपालले आउँदो जुन महिनामा विश्वकप छनोट खेल्दैछ । एक वर्षका लागि मुख्य प्रशिक्षकको जिम्मेवारी पाउनुभएका अब्दुल्लाहले यो आफ्ना लागि ठूलो चुनौती भएको प्रतिक्रिया दिनुभयो ।