अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

एसिड प्रयोग र आयातमा सरकारले थाल्यो नियन्त्रण

एसिड प्रयोग र आयातमा सरकारले थाल्यो नियन्त्रण


काठमाडौं- एसिड तथा घातक रसायन प्रयोग हुने उद्योगहरूले आफूलाई कति परिमाणमा चाहिने हो त्यसको विवरण सरकारलाई दिनुपर्ने भएको छ ।

गृह मन्त्रालयले एक सूचना जारी गरेर विवरण माग गरेको हो । सरकारले तेजाव तथा अन्य घातक रासायनिक पदार्थ आयात गर्दा पूर्वस्वीकृति लिन अनुरोध गरेको हो ।

तेजाब तथा अन्य घातक रासायनिक पदार्थ निमयन अध्योदेशअनुसार सो सूचना जारी गरेको हो । प्रतिनिधि सभाको पहिलो वैठकमा पेस हुन नपाएको सो अध्यादेश अहिले कानुनका रूपमा लागू भइरहेको छ ।

सो अध्यादेशमा तेजाव तथा घातक रसायन प्रयोग उद्योगले मात्र आयात गर्न पाउने व्यवस्था गरिएको छ ।

तेजाव तथा अन्य घातक रासायनिक पदार्थको उत्पादन, निकासी, पैठारी, ओसारपसार, विक्रि वितरण गर्ने कार्यलाई व्यवस्थित गर्न सरकारले तेजाव तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश गत असोज १२ मा जारी गरेको थियो । सो अध्यादेश अनुसारको नियमावली पनि बनाइसकिएको गृह मन्त्रालयले जनाएको छ ।

यस्ता घातक रासायनिक पदार्थको आवश्यक पर्ने उद्योगी वा व्यवसायीले आवश्यक पर्ने रासायनिक पदार्थको नाम, रसायनको संकेत, आवश्यक पर्ने वार्षिक परिमाणसमेत उल्लेख गरी सात दिनभित्र निवेदन पेश गर्न मन्त्रालयले भनेको छ ।