अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नागढुंगाबाट स्रोत नखुलेको ४३ लाखसहित एक जना पक्राउ

नागढुंगाबाट स्रोत नखुलेको ४३ लाखसहित एक जना पक्राउ


काठमाडौं- काठमाडौंको चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट स्रोत नखुलेको ४३ लाख रुपैयाँसहित एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा दाङको तुल्सीपुर उपमहानगरपालिका-५ बस्ने ३७ वर्षीय सन्दीप कौशल रहेका छन् । उनलाई प्रहरीले शनिबार विहान पक्राउ गरेको हो ।

तुल्सीपुरबाट काठमाडौंतर्फ आउँदै गरेको प्रदेश ३-०१-००६ ख ०९१२ नम्बरको बसलाई महानगरीय प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा यात्रु हिँड्ने प्यासेजमा कार्टुनभित्र १ हजार दरका नोट ३ हजार ९ सय थान र ५ सय दरका नोट ८ सय थान समेत गरी उक्त रुपैयाँ र छड्के तिलहरिको पोते माला ९ थान फेला पारी थप अनुसन्धान गर्ने क्रममा उक्त नगद सन्दीपको भन्ने खुलेको र उक्त रकम दाङबाट भाइले पठाएको हो भन्दै लिन आएको अवस्थामा उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।