अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

‘प्रचण्डको घोषणा र एमाले विस्तार गर्ने महाझेली गुटको करामत उस्तै हो’

‘प्रचण्डको घोषणा र एमाले विस्तार गर्ने महाझेली गुटको करामत उस्तै हो’


काठमाडौं- नेकपा एमाले केन्द्रीय सदस्य गोकुल बाँस्कोटाले झलनाथ खनाल-माधव नेपाल समूहलाई कुनै बहना नबनाएर पार्टी एकताको पक्षमा लाग्न आग्रह गर्नु भएको छ ।

आज नेपाल समूहले काठमाडौंमा समानान्तर कमिटी घोषणा गरेपछि सामाजिक सञ्जाल ट्वीटरमार्फत नेता बाँस्कोटाले यस्तो आग्रह गर्नु भएको हो ।

‘न पार्टीको नाम न चुनाव चिन्ह उसै एमाले मेरो रे? दुई महिनाअघि सूर्य चिन्ह नपाए देशमा कायामत गर्ने प्रचण्ड घोषणा र दुई महिनापछि एमाले विस्तार र सुदृढ गर्ने महाझेली गुटको करामत उस्तै हुने हो,’ पूर्वमन्त्रीसमेत रहनुभएका बाँस्कोटाले लेख्नु भएको छ, ‘सोझै एकता गरे हुने । गाईलाई घाँस हजुर भैसीलाई कुनौरो, तल्लो बाटो हजुर हामीलाई घुमाउरो ।’

‘कलियूगका रामचन्द्र’लाई तनहुँमा चुनावी तयारी गर्न बाँस्कोटाको आग्रह