अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले प्रवेश गर्नुभएका प्रदेश सांसद भन्नुहुन्छ– ‘उल्लु–उल्लु कुरा गरेपछि माओवादी छाडेँ’

एमाले प्रवेश गर्नुभएका प्रदेश सांसद भन्नुहुन्छ– ‘उल्लु–उल्लु कुरा गरेपछि माओवादी छाडेँ’


काठमाडौं– ‘पदका लागि पाखण्डी र उल्लुहरुको पार्टीमा बस्नुभन्दा पद छाडिदिन्छु,’ लुम्बिनी प्रदेशका सांसद् दिनेश पन्थीको भनाइ हो यो ।

माओवादी केन्द्रका सांसद् दिनेशले पार्टी त्याग्नुभयो, नेकपा एमालेमा प्रवेश गर्नुभयो । उहाँसँगै दधिराम न्यौपाने पनि एमाले प्रवेश गर्नुभयो । त्यसपछि माओवादी केन्द्रले प्रदेश सभाका सभामुखलाई पत्र दियो । पत्रमा दिनेश र दधिरामलाई सांसद् पदबाट हटाउन लेखिएको छ ।

प्रचण्डको पार्टीले सांसद पदबाट हटाउन पत्र लेखेपछि सांसद दिनेश पन्थीले यो संवाददातालाई भन्नुभयो– ‘पार्टी भनेर बसियो, नेता भनेर सधैं सम्मान गरियो, श्रद्धा पनि गरियो । तर, उल्लु–उल्लु कुरा गरेपछि त्यस्तो पार्टीमा बस्नुको के अर्थ भयो र ?’

सही विचार, नीति र नेतृत्व छान्नु भनेको जनताको बीचमा रहनु हो । जनताको बीचमा बसियो भने यस्ता पद जति पनि पाइन्छ । मुख्य कुरा जनता हुन् । मैले जनताको भावना अनुसार निर्णय लिएको छु ।

सांसद् पन्थीले विगतमा माओवादीमा लाग्नु आफ्नो भ्रम रहेको र अब आफू भ्रममुक्त बनेको बताउनुभयो ।

माओवादी छोड्दा सांसद पद जान्छ भन्ने थाहा हुँदाहुँदै पार्टी त्यागेको बताउनुभयो । ‘सांसद पदभन्दा एमाले मलाई प्यारो छ,’ – उहाँले भन्नुभयो ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सांसदद्वय दिनेश र दधिरामलाई सांसद पदबाट हटाउन आज पत्र लेख्नुभएको हो । सांसद् पदबाट हटाउने पत्र पठाएपछि दिनेश र दधिराम माओवादीमै फर्कने प्रचण्डको अपेक्षा थियो । त्यस विपरीत उहाँहरुले सांसद् पद माया मार्ने घोषणा गर्नुभएको हो ।

पार्टी त्याग्नुभएका दुवै सांसदलाई यसअघि माओवादीले स्पष्टिकरण सोधेको थियो । चित्तबुझ्दो जवाफ नदिएको भन्दै उहाँहरुलाई पदबाट हटाउन प्रदेश सरकारलाई पत्रलेखिएको हो ।

दिनेशले भन्नुभयो– ‘सही विचार, नीति र नेतृत्व छान्नु भनेको जनताको बीचमा रहनु हो । जनताको बीचमा बसियो भने यस्ता पद जति पनि पाइन्छ । मुख्य कुरा जनता हुन् । मैले जनताको भावना अनुसार निर्णय लिएको छु ।’

‘ठीक ठाउँमा उभियो भने पार्टीले स्वत जिम्मेवारी दिन्छ,’ दिनेशले भन्नुभयो ।