अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

 प्रतिनिधिसभा बैठक सुरू, यस्ता छन् कार्यसूची (लाइभ)

 प्रतिनिधिसभा बैठक सुरू, यस्ता छन् कार्यसूची (लाइभ)


काठमाडौं- प्रतिनिधिसभाको बैठक सुरू भएको छ । आजको बैठकमा विभिन्न प्रतिवेदन पेश हुने कार्यसूची तय भएको संसद सचीवालयले जनाएको छ। आजको बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको वार्षिक प्रतिवेदन पेश हुनेछ ।

संघीय संसद् सचिवालयले हिजो सार्वजनिक गरेको कार्यसूची अनुसार बैठकमा आयोगको आर्थिक वर्ष २०७६र०७७ को वार्षिक प्रतिवेदन पेश गरिने छ ।

यसैगरी बैठकमा सार्वजनिक लेखा समितिका सभापति भरतकुमार शाहले सार्वजनिक लेखा समितिको वार्षिक प्रतिवेदन ०७७ पेश गर्नुहुने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

राज्य व्यवस्था तथा सुशासन समितिका सभापति शशी श्रेष्ठले संघीय निजामति सेवा विधेयक सम्बन्धी समितिको प्रतिवेदन २०७७ पनि पेश गर्नुहुने आजको कार्यसूची छ ।