अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गोकुल बाँस्कोटाको आग्रह : विकास नदेख्नेले कानमा रुवा राख्नुस्, आँखामा साउने चश्मा लगाउनुस्

गोकुल बाँस्कोटाको आग्रह : विकास नदेख्नेले कानमा रुवा राख्नुस्, आँखामा साउने चश्मा लगाउनुस्


काठमाडौं- नेकपा एमालेका संघीय सांसद तथा पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटाले वर्तमान सरकारको ध्यान सुखी र समृद्ध देश बनाउन  रहेको बताउनुभएको छ ।

आज प्रतिनिधिसभाको बैठकमा बोल्नुहुँदै उहाँले लामो समय बन्न नसकेका विकास निर्माणका काम अहिले धामधम बनिरहेको बताउनुभयो ।

‘सरकारले सुखी र समृद्ध देश बनाउन ध्यान दिएको छ । अहिलेकै सरकारको पालामा ३० वर्षदेखिको मेलम्चीको पानी काठमाडौंमा ल्याउने सपना पूरा भएको छ, रेलमार्ग निर्माण हुँदैछ,’ सांसद बाँस्कोटाले भन्नुभयो, ‘सामाजिक सञ्जालमा गरिने टिप्पणीका आधारमा होइन, तथ्यमा टेकेर मात्र विश्लेषण गर्नुस् ।’

उहाँले नेपालका राजीतिक पार्टीहरू आखिर के चाहन्छन् भनेरसमेत प्रश्न गर्नुभयो । ‘वर्तमान सरकारले विकास निर्माणका कामलाई तीव्रता दिइरहेको छ, तर केहीकेहीले भनिरहेका छन् सरकारले काम पनि गरेन,’ सांसद बाँस्कोटाले भन्नुभयो, ‘ नेपालका राजनीतिक पार्टीरू आँखिर के चाहन्छन्? एजेन्डाविहीन नेतृत्वले मुलकका लागि के योगदान गर्न सक्छ ? विकास नै नगर्ने हो भने राजीतिक दलको के काम?’

उहाँले विकास निर्माणका काम नदेख्नेलाई साउने चश्मा लगाउन र कानमा रुवा राख्न पनि अनुरोध गर्नुभयो ।

‘विचित्र मलाई के लाग्छ भन्दाखेरी विकासको एजेन्डा बोकेका साथीहरू पनि बोलीमा लोली मिलाएर केही पनि भएन भन्नुहुन्छ,’ सांसद बाँस्कोटाले भन्नुभयो, ‘धरहरा बनेन? केही पनि देख्न, हेर्न, सुन्न सकिन्न भने मेरो विनम्रतापूर्वक सुझाव छ कानमा रुवा राख्ने, आँखामा साउने चश्मा लगाउने । यसो भएपछि टन्टै साप ।’