अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रचण्डलाई व्यङ्ग्य गर्दै महेश बस्नेतले सुनाउनुभयो ‘कविता’

प्रचण्डलाई व्यङ्ग्य गर्दै महेश बस्नेतले सुनाउनुभयो ‘कविता’


काठमाडौं- नेकपा एमालेका सांसद तथा पूर्वमन्त्री महेश बस्नेतले प्रतिनिधिसभा बैठकमा कवितात्मक शैलीमा आफ्नो मन्तव्य राख्नुभएको छ । उहाँले प्रचण्डमाथि व्यंग्य प्रहार गर्दै संसदमा लिखित कागज वाचन गर्नु भएको हो ।

सम्माननीय सभामुखज्यू भनेर प्रस्तुत हुनुभएका सांसद बस्नेतले कुनै भूमिका बाँध्नुभएन । उहाँले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) को उच्चारण नगरे पनि फटाफट कागज पढ्न थाल्नुभयो ।

सांसद बस्नेतले प्रचण्डमाथि व्यंग्य गर्दै सुनाएको गद्य कविता शैलीको वाक्यांश :

चुनाव अगाडि गठबन्धन बनाएँ

चुनाव जितेपछि एकीकरण गराएँ

सरकार बनाउँदा आधा कार्यकाल मागेँ

कार्यकारी अध्यक्ष पाएपछि भैगो भनेर छाडें

कार्यकारी प्रयोग गरी अध्यक्ष र प्रधानमन्त्रीको राजीनामा मागेँ

संसद विघटन गरेर परिवर्तनको घोषणा गरी निर्वाचनको घोषणा गरेर लोकतन्त्र संकटमा प¥यो भनेर कराएँ

प्रतिगमन भयो भनेर चिच्याएँ

आन्दोलन गराएँ

मिसन मिडिया चलाएँ

वकिल नागरिक समाज उचालेँ।

अदालत गुहारेँ

निर्वाचन आयोग धाएँ

माइतीघर मण्डलामा सूर्यको चिन्ह लगाएँ

सेटिङको हल्ला चलाएँ

संसदीय दलको नेता बनेँ,

अध्यक्ष घोषणा गरें

११ गतेको फैसलाले मख्ख परेँ,

लड्डु खाएँ, अवीर दलेँ

काँग्रेस र जसपाको अफिस धाएँ

नागरिक समाजको डबली धाएँ

२३ गतेको फैसलापछि आफ्नो साइजमा आएँ

विश्वासको मत फिर्ता लिन्छु भन्छु, सक्दिनँ

अविश्वासको प्रस्ताव ल्याउँछु भन्छु, सक्दिनँ

नयाँ गठबन्धन बनाउन खोज्छु, सक्दिनँ

प्रधानमन्त्री बन्नोस् भन्दा कसैले टेर्दैन

अब प्रधानमन्त्रीले विश्वासको मत लिनैपर्छ

नैतिकताका आधारमा राजीनामा दिनैपर्छ

लडाकू प्रकरण नउठाउने र हेग नलैजाने कोही तयार छ भने

प्रधानमन्त्रीको सीट खाली छ,

केपी ओलीका अगाडि मेरो केही लागेन

जसपा मानेन

काँग्रेस जागेन !

धन्यवाद ।