अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कर्णाली प्रदेशका तीन मन्त्रीले सामूहिक राजीनामा दिने

कर्णाली प्रदेशका तीन मन्त्रीले सामूहिक राजीनामा दिने


काठमाडौं- कर्णाली प्रदेशका तीन जना मन्त्रीले संयुक्त रूपमा राजीनामा दिने भएका छन् ।

कर्णालीमा नेकपा एमालेको सरकार बनाउने तयारीका लागि राजीनामा दिन लागिएको एक मन्त्रीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘हामी हाम्रै सरकार बनाउँछौँ, माओवादीलाई किन सरकारको नेतृत्व गर्न दिने?’

आइतबार बसेको नेकपा एमालेको संसदीय दलको बैठकले मन्त्री पदबाट राजीनामा दिन माओवादी केन्द्रको सरकारमा रहेका आफ्ना मन्त्रीहरूलाई निर्देशन दिएको थियो ।

एक मन्त्रीले भन्नुभयो, ‘हामी मंगलबार बस्ने बैठकअगाडि राजीनामा दिन्छौँ । र, संसदीय दलको बैठकमा गएर आगामी सरकारको बारेमा छलफल गर्छौँ ।’

भोलि बिहानसम्म मन्त्रालयले गरेका कार्यप्रगतिको विवरणसहित राजीनामा दिने मन्त्रीहरूको तयारी छ । माओवादी केन्द्रका नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको नेतृत्वमा रहेको सरकारमा आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वाला, सामाजिक विकास मन्त्री दल रावल र उद्योग पर्यटन वन तथा वातावरण मन्त्री नन्दसिंह बुढा हुनुहुन्छ ।