अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

माओवादीलाई गोकुल बाँस्कोटाको चुनौती : सक्ने भए विश्वासको प्रस्ताव फिर्ता लिनुस्

माओवादीलाई गोकुल बाँस्कोटाको चुनौती : सक्ने भए विश्वासको प्रस्ताव फिर्ता लिनुस्


काठमाडौं- नेकपा एमालेका सांसद एवं पूर्वमन्त्री गोकुल बाँस्कोटाले विरोधको लागि विरोध नगर्न आग्रह गर्नुभयो ।

सोमबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै बास्कोटाले सरकारले गरेको विकासको परिकल्पना र कामको विरोध गर्नु विडम्बनापूर्ण भएको बताउनुभयो ।

कृष्णप्रसाद भट्टराईले ३० वर्ष अघि देखेको मेलम्चीको पानी अहिले काठमाडौं आउँदा केपी ओलीले नेपालमा रेल ल्याउन देखेको सपना निरर्थक नहुने बताउनुभयो ।

सरकारले गरेको काम हेर्न र सुन्न नसक्नेलाई कानमा रुवा हाल्न र आँखामा साउने चश्मा लगाउन उहाँले सुझाव दिनुभयो । ‘आरोपमा मात्र हामी समय खर्च नगरौँ, मेलम्चीको पानी जनताले टुटी खोलेर खान लागि सके,’ उहाँले भन्नुभयो ।

वर्तमान सरकार कामचलाऊ सरकार नभएको बताउँदै सांसद बाँस्कोटाले भन्नुभयाे, ‘दिएको समर्थन फिर्ता लिन नसक्ने, अनि सरकारलाई काम चलाऊ, भन्ने ? सक्ने भए विश्वासको प्रस्ताव फिर्ता लिनुस् ।’