अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

टंक आङ्बुहाङ भन्नुहुन्छ : जनताको मागअनुसार नै एमाले भए

टंक आङ्बुहाङ भन्नुहुन्छ : जनताको मागअनुसार नै एमाले भए


काठमाडौं- प्रदेश नम्बर १ का आर्थिक मामिला तथा योजनामन्त्री टंक आङ्बुहाङले जनताको मागअनुसार नै आफू एमालेमा प्रवेश गरेको बताउनुभएको छ ।

नेकपा खारेज भएपछि जनताले माओवादीलाई भन्दा एमालेलाई बढी माया गरेको हुँदा एमाले प्रवेश गरेको उहाँले बताउनुभयो । उहाँलाई सांसद पदबाट हटाउन माओवादीले संसद सचिवालयमा पत्र पठाएको छ ।

‘चुनावबाट निर्वाचित हुँदा माओवादीभन्दा एमालेको जनमतका कारण म निर्वाचित भएको हुँ । सांसद पदबाट हटाउनु भनेको एउटा कानुनी प्रक्रिया हो । म हट्छु भन्ने थाहा भएर नै एमाले प्रवेश गरेको हुँ,’ मन्त्री आङ्बुहाङले भन्नुभयो ।

माओवादीले गर्नुपर्ने काम गरिसकेको र अबको माओवादीको यात्रा गन्तव्यहीन रहेकोले पार्टीमा बसिरहनुको अर्थ नभएको उहाँले स्पष्ट पार्नुभयो ।

आङ्बुहाङ एमालेको केन्द्रीय सदस्य पनि हुनुहुन्छ ।