अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

म्यानमार हिंसाबारे नेपाल सरकारको गहिरो चिन्ता र चासो छ : परराष्ट्रमन्त्री ज्ञवाली

म्यानमार हिंसाबारे नेपाल सरकारको गहिरो चिन्ता र चासो छ : परराष्ट्रमन्त्री ज्ञवाली


काठमाडौं- परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले म्यानमारमा भइरहेको हिंसाप्रति नेपाल सरकारको गहिरो चिन्ता र चासो रहेको बताउनुभएको छ ।

सोमबार प्रतिनिधिसभामा सांसदले उठाएको प्रश्नको जवाफ दिँदै उहाँले यस्तो बताउनुभएको हो । उहाँले भन्नुभयो, ‘म्यानमारको पछिल्लो विकसित घटनाका सन्दर्भमा नेपाल सरकारको गहिरो चिन्ता र चासो रहँदै आएको छ ।’

परराष्ट्रमन्त्री ज्ञवालीले नागरिक नेतालाई हिरासतमा लिने सैनिक सरकाको कदमबारे सरकारले तत्कालै विज्ञप्ति निकाले विरोधसमेत गरेको बताउनुभयो ।