अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मुख्यमन्त्री राईविरुद्धको अविश्वासको प्रस्ताव फिर्ता

मुख्यमन्त्री राईविरुद्धको अविश्वासको प्रस्ताव फिर्ता


काठमाडौं- माओवादी केन्द्रले प्रदेश १ मा मुख्यमन्त्री शेरधन राईविरुद्ध ल्याएको अविश्वासको प्रस्ताव फिर्ता लिएको छ ।

सोमबार बसेको प्रदेशसभा बैठकबाट अविश्वासको प्रस्ताव फिर्ता गरिएको माओवादी संसदीय दलका नेता ईन्द्रबहादुर आङबोले बताउनुभयो ।

मुख्यमन्त्री राईविरुद्ध प्रदेशसभा सचिवालयमा गत पुस १२ मा अविश्वासको प्रस्ताव दर्ता भएको थियो ।

प्रस्तावमा हस्ताक्षर गरेका माओवादीका तत्कालीन संसदीय दलका नेतासहित २३ जनाले हस्ताक्षर फिर्ता लिएपछि माओवादी प्रस्ताव फिर्ता लिन बाध्य भएको हो ।