अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले प्रमुख सचेतक भट्टराईको चेतावनी : समानान्तर कमिटीमा बसे पनि कारबाही हुन्छ

एमाले प्रमुख सचेतक भट्टराईको चेतावनी : समानान्तर कमिटीमा बसे पनि कारबाही हुन्छ


काठमाडौं- नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले पार्टीमा समानान्तर गतिविधि गर्नेलाई कारबाही हुने बताउनुभएको छ ।

सोमबारको प्रतिनिधिसभाको बैठकपछि पत्रकारसँग कुरा गर्दै उहाँले समानान्तर कमिटी गठन गर्न उद्धत हुने र कमिटीमा बस्नेलाई कारबाही हुने बताउनुभएको हो ।

‘जसरी नेतृत्वका केही व्यक्तिलाई कारबाहीको प्रक्रिया अघि बढेको छ । अब यही तरिकाले जाने हो भने समानान्तर कमिटी गठन गर्न उद्धत हुने र कमिटीमा बस्नेहरू समेतलाई कारबाही गर्ने दिशामा पार्टी अघि बढ्छ,’ सचेतक भट्टराईले भन्नुभयो ।

यसअघि एमाले अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष भीम रावल, उपमहासचिव घनश्याम भुसाल र नेता सुरेन्द्र पाण्डेलाई ६ महिनाका लागि पार्टी सदस्यबाटै निलम्बन गरिसक्नुभएको छ ।