अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिना स्पेन प्रस्थान

राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिना स्पेन प्रस्थान


काठमाडौं- राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना स्पेन प्रस्थान हुनु भएको छ । चैत २४ देखि ३० गतेसम्म हुने पिस कम्फरेन्स अफ लुम्बिनी लुम्बिनी गार्डन प्रोजेक्टको कार्यक्रममा भाग लिन अध्यक्ष तिमिल्सिना एक टोलीकासाथ नेपाली समयअनुसार साँझ ८ः२५ बजे प्रस्थान गर्नु भएको हो ।

संघीय संसद सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेका अनुसार अध्यक्ष तिमिल्सिनाले प्रमुख अतिथिको रुपमा कार्यक्रममा विशेष सम्बोधन गर्नुहुनेछ ।

भ्रमण टोलीमा स्पेनका लागि नेपाली राजदूत दावा फुटी शेर्पा, लुम्बिनी सांस्कृतिक नगरपालिकाका नगरप्रमुख मनमोहन चौधरी, प्रमुख कार्यकारी अधिकृत शिवप्रसाद रेग्मी रहनुभएको छ ।

त्यसैगरी, टोलीमा रामग्राम नगरपालिकाका नगरप्रमुख नरेन्द्रकुमार गुप्ता, कपिलवस्तु नगरपालिकाका नगरप्रमुख किरण सिंह, देवतह नगरपालिकाका नगरप्रमुख हिराबहादुर खत्री, उपप्रमुख विद्यालक्ष्मी गुरुङ, संघीय संसद सचिवालयका शाखा अधिकृत सपना सापकोटा र लुम्बिनी कार्डन प्रोजेक्ट स्पेनका प्रमुख आर्किटेक्ट उज्ज्वलमान शाक्य रहनुभएको संसद सचिवालयले जनाएको छ ।

भ्रमण अवधिमा स्पेनका सिनेटका अध्यक्ष, उपप्रधानमन्त्री एक्सत्रेमादुराका मुख्यमन्त्री, प्रदेशका सभामुख, सांसदहरुसहित विशिष्ट महानुभावसँग अध्यक्ष तिमिल्सिनाले भेटघाट गर्ने कार्यक्रम रहेको प्रवक्ता पाण्डेले गोरखापत्र अनलाइनलाई जानकारी दिनुभयो । भ्रमणकै क्रममा अध्यक्ष तिमिल्सिनाले कोथेरेस नगरपालिकाको भ्रमण गर्नुहुने कार्यक्रम रहेको छ ।

भ्रमणकै क्रममा लुम्बिनी तथा कोथेरेस नगरपालिकाबीच भगिनी सम्बन्ध स्थापना सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर हुने कार्यक्रम रहेको पनि संसद सचिवालयका प्रवक्ता डा. पाण्डेले जानकारी दिनुभयो ।

अध्यक्ष तिमिल्सिना भ्रमणबाट आगामी वैशाख १ गते स्वदेश फर्कनु हुने उहाँको प्रेस संयोजक अशोक पौडेलले जानकारी दिनुभयो ।