अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बागमती प्रदेशमा पनि माधव समूहको समानान्तर कमिटी घोषणा

बागमती प्रदेशमा पनि माधव समूहको समानान्तर कमिटी घोषणा


काठमाडौं- एमालेका निलम्बित नेता माधवकुमार नेपालको गुटले बागमती प्रदेशमा बेग्लै कमिटी बनाएको छ ।

बल्खुस्थित सिद्धिगणेश पार्टी प्यालेसमा एक कार्यक्रम गरेर माधव गुटले प्रदेश गुट कमिटीको घोषणा गरेको हो । सो समूहले अष्टलक्ष्मी शाक्यको संयोजकत्वमा १ सय ७५ सदस्यीय कमिटी बनाएको हो ।

कमिटीको सहसंयोजकमा केदार न्यौपाने, अरुण न्यौपाने र पशुपति चौलागाई‌ छन् ।

सदस्यमा बसन्त मानन्धर, विष्णु देवकोटा, पेम्बा तामाङ, टोकबहादुर वाइबा, विष्णु लोहनी, रामप्रसाद अधिकारी, हरि प्रसाद शर्मालगायत रहेका छन् ।

१० जनालाई पछि मनोनित गरिने माधव गुटले जनाएको छ । कमिटीका सदस्यलाई माधव नेपालले सपथ खुवाउनु भएको छ ।

बैठकमा अष्टलक्ष्मी शाक्य, पशुपति चौलागाईंलगायत नेता सहभागी हुनुहुन्छ । झलनाथ खनाल पनि सहभागी हुने बताइए पनि अहिलेसम्म सहभागी हुनुभएको छैन ।

प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले माधवसहित सो गुटमा रहेका केही नेताहरूलाई ६ महिनाका लागि निलम्बित गरे पनि उहाँहरूले भने पार्टी हितविपरितका गतिविधि भने कायमै राखेका छन् ।